प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपको आयोजना र जनअधिकार संरक्षण मञ्चको प्राविधिक सहयोगमा मेलमिलाप सम्बन्धी ८ दिवसीय प्रशिक्षक प्रशिक्षण तालिम सम्मपन्न भएकोछ । सर्वोच्च अदालतका रजिष्ट्रार मेलमिलाप परिषद्का सदस्य सचिव श्री विमल पाैडेलको प्रमुख अतिथिमा सम्पन्न तालिम Dees Boutique Hotel Koteshowar मा सम्पन्न भएको हो ।
भाद्र २९ गते शुरु भएको तालिमको उद्घाटन सर्वोच्च अदालतका माननीय न्यायाधिश डा. नहकुल सुवेदीले गर्नु भएको थियो ।
तालिममा पूर्व न्यायाधिश, अधिवक्ता, शिक्षक, नेपाल सरकारका प्रशासक, मेलमिलाप अभियान्ताहरुको सहभागीता थियो । विवाद समाधानको एउटा महत्वपुर्ण कडी - मेलमिलापमा ज्ञानपुञ्जले पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै आगामी दिनमा यस्ता कार्यक्रममा जोडदिन आग्रह गर्नु भयो ।तालिमको व्यवस्थापकीय भुमिका एवं तालिमको गुणस्तरमा आयोजक संस्थाले दिएको प्राथमिकताले सहकार्य गर्दा गर्व महशुस भएको आगामी दिनमा समेत सहकार्य गर्न उत्सुक रहेको भन्दै तालिम प्रदायक संस्था जनअधिकार संरक्षणमञ्चका अध्यक्ष डा. राजेन्द्र अधिकारीले खुशी व्यक्त गर्नु भयो ।तालिमको मुख्य प्रशिक्षक सतिशकुमार शर्मा हुनु हुन्थ्यो ।
मेलमिलाप अभियानमा विगत करिब २ दशक देखि सक्रिय पुर्वक लागि पर्नु भएका शर्मा दक्ष, अनुभवी र सबैले रुचाईएका प्रशिक्षक हुनु हुन्छ ।तालिममा मेलमिलाप दुत डा. कुमार शर्मा आचार्य लगायतले प्रशिक्षण गर्नु भएको थियो । विगत ३ वर्ष देखि काननू न्याय र संस्थागत विकास सम्बन्धी तालिमहरु संचालन गर्दै आएको ज्ञानपुञ्जमा हालसालै मध्यस्थता तालिम मेलमिलाप सम्बन्धी आधारभूत तालिम एवं प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ ।
निकट भविष्यमा मेलमिलाप सम्बन्धी आधारभुत तालिम एवं मध्यस्थता तालिम संचालन गर्ने योजना अघि सारेको ज्ञानपुञ्जमा संस्थागत विकास नेतृत्व एवं व्यक्तित्व विकास सम्बन्धी तालिम समेत संचालन हुने गर्दछन् ।
555
555
555
555
In today's fast-paced professional world, success requires more than just hard work - it demands the...
View Details
On 22nd May 2026, Gyanpunj School of Leadership successfully hosted Sales Booster 3.0, a transformat...
View Details
Artificial Intelligence (AI) is no longer a futuristic concept- it is rapidly becoming an essential...
View Details
Click the button below to chat with us on WhatsApp:
Chat on WhatsApp
555